Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

वन्यजन्तु आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान


बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन् । यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न विज्ञ टोली ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ । यही समस्या बढ्दै गएपछि जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ । बाँदरको आतङ्क न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ । “पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो । बाँदरले बालीनालीका साथै घरमा राखिएको अन्नपातसमेत खाएर हैरान पारेपछि कृषकले बाँदर नियन्त्रणका लागि अनुरोध गर्नुहुन्छ ।

बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन”, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भन्नुभयो, “बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ । बाँदरको आतङ्कले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।” बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो । विगतमा बसाइँसराइ कम भएको तथा जनसङ्ख्या वृद्धिदर बढी हुँदा गाउँमा चहलपहल हुने गरेको भए पनि अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको आतङ्क बढेको छ । “पहिले जनसङ्ख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ । गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन”, मल्लले भन्नुभयो, “गाउँ रित्तो भइसक्यो । खेतबारी जङ्गल बनिसके । रुख काटियो भने केही कम हुनसक्छ भनेर यो निर्णय गरेका हौँ । गाउँपालिकाका सातवटै वडामा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।”

रुख काट्ने अभियानका लागि गाउँपालिकाले नै प्रत्येक वडामा एक/एक वटा रुख काट्ने मेसिन र १५ दिनका लागि दुई÷दुई जनाको दरले कामदार खटाएको छ । सन्तानलाई सुविधायुक्त विद्यालयमा पढाउने, स्वास्थ्य सुविधाको पहुँच हुनेलगायतका कारण ग्रामीण बस्तीबाट सहरमा बसाइँसराइ बढिरहेको अवस्था छ । गाउँका घर खाली हुँदै गएका छन् भने बस्ती नै रुखले ढाकिरहेको अवस्था छन् । बस्तीसम्मै रुख र झाडी बन्दा बाँदरलगायतका अन्य वन्यजन्तुको पहुँच मानव बस्तीमा बढिरहेको छ । बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, आलु, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्ने गरेको छ । घरभित्र राखेको अन्न समेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक हैरानीमा परेका छन् ।

गाउँपालिकाले नै निर्णय गरेपछि वडा कार्यलयले पनि निर्णय कार्यान्वयनका लागि रुख काट्ने अभियान तीव्रताका साथ चलाइरहेका छन् । पैयुँ गाउँपालिका–१ टकलाकका वडाध्यक्ष मीनप्रसाद न्यौपानेले गाउँ जङ्गलले ढाकिएर बाँदरलगायतका आक्रामक वन्यजन्तुको जोखिम बढ्दै गइरहेकाले गाउँपालिकाको निर्णयअनुसार तत्कालै बस्ती आसपासका रुख हटाउन थालिएको बताउनुभयो ।


प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?