Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

युवराज सफलमाथि कुटपिट


१३ जेठ, काठमाडाैँ । अधिवक्ता युवराज पाैडेल (सफल)माथि कुटपिट भएको छ । शनिबार काठमाडाैँको बानेश्वरमा उनीमाथि कुटपिट भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार विप्लव खड्का र सोम शर्मालगायत समूहले उनीमाथि कुटपिट गरेको हो । उनी स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन बानेश्वर पुगेका थिए । सोही प्रदर्शनमा सहभागी भएकाहरूले उनीमाथि कुटपिट गरेका हुन् ।

यस घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिइएको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध सर्वोच्चमा रिट दर्ता गरेपछि उनी चर्चामा छन् । उनले रवि विरूद्ध दर्ता गरेको रिटको सुनुवाइ जेठ १७ गतेका लागि तोकिएको छ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?