Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

धनगढीमा पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन – कसैको अगाडी लम्पसार परेर बाच्नु नेपालीको अपमान हो


१३ जेठ, धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।

आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने ।

एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो ।

पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।

हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं। राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?