Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म विश्राम लिदैनाैँ : रवि लामिछाने


१३ जेठ, काठमाडाैँ । राष्ट्र्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म विश्राम नलिने बताएका हुन् ।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा भने, “कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौँ । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला, कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन । तर, मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिह्न नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचारचाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन् । नेता नभएर होइन । पार्टी नभएर होइन । झन्डा नभएर होइन । चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन्, जतिसुकै मुद्दा चल्दै गरून्, भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।”

उनले आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने पनि बताएका छन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?