Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनु पर्छः उपसभामुख राना


१३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् । शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी हुन् ।

त्यस अवसरमा उनले महिला सांसदहरुका लागि सङ्घीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताइन् । उपसभामुख रानाले सबै विद्यालयहरुमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरे । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो ।

‘‘यो राष्ट्रिय प्रोग्राम नै हुनु पर्यो कि महिला दिदीबहिनीहरुलाई, छोरीहरुलाई सुरक्षित राख्नु पर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिङ भित्र, बजेट भित्र यो आउनु पर्यो । बजेट भित्र आएर हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन । त्यस्तो प्याडहरुको व्यवस्था गर्नु पर्यो । र, हामीले यो संसद भवनमा पनि त्यहाँ सेनिटरी प्याडहरु राखिएको छैन । सूरुवात माथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदैहुँदैन ।,’’ उपसभामुख रानाले भनिन्, ‘‘म यसमा के भन्न चाहन्छु भने हाम्रा माननीयज्यहरुलाई पनि, महिला माननीयज्यूहरुलाई सेनेटरी प्याडको लागि जोडदार ढङ्गले कुरा गर्ने र यसलाई राष्ट्रिय योजना भित्र राखेर हरेक ठाउँमा यो सेनिटरी प्याडको व्यवस्था गर्नु पर्छ भनेर म भन्दा सिनियर सम्मानितज्यहरुसँग त्यो कुरा गर्ने भनाई राख्न चाहन्छु । यहाँ एक्सपोज नेपालले धेरै कुराहरु गर्नु भएको छ । घरेलु हिंसादेखि लिएर बलात्कारहरुको विषयमा पनि मुद्दा उठाइरहनु भएको रहेछ । यसका लागि म यस संस्थालाई धन्यवाद दिन चाहन्छु । र, अव महिलाहरुले चुप लागेर बस्ने बेला छैन ।’’

उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गरिन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?