Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने


मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो ।

मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यलगायत सार्क राष्ट्र भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको पनि सहभागिता रहने आयोजक महासेठले बताउनुभयो । औद्योगिक अवसरको सम्भावित अध्ययन तथा क्षेत्रीयस्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले आज जनकपुरधाममा पत्रकार सम्मेलनमा बताउनुभयो । महासेठले पत्रकार सम्मेलनमा यस बृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आगामी फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । उक्त मेलामा एक लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको सङ्घका महासचिव मनोजकुमार साहले बताउनुभयो ।

कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा सहआयोजक सिया इभेन्टस रहेको छ । व्यापार मेलामा पाइने विशेष सामानमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रक्सन बैंक, होम सप्लायर्स, हेल्थ एन्ड फिटनेस, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय एवं नवीनतम उत्पादन रहने सङ्घका वरिष्ठ उपाध्यक्ष मनिस साहले बताउनुभयो ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?