Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट, एक जना घाइते


१२ जेठ, धनुषा । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।

अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने क्रममा धक्कामक्का हुँदा एक प्रहरी जवानलाई चोट लागेको बताए ।

उनले प्रहरीलाई धम्की दिने तथा अवैध उत्खनन्मा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम अहिले सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

रातिको समयमा उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि रोकथाम गर्न जिल्लाबाट खटिएका प्रहरी टोली खोलामा पुगेको उनले बताए । प्रहरीले एउटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?