Trending
>>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट, एक जना घाइते


१२ जेठ, धनुषा । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।

अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने क्रममा धक्कामक्का हुँदा एक प्रहरी जवानलाई चोट लागेको बताए ।

उनले प्रहरीलाई धम्की दिने तथा अवैध उत्खनन्मा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम अहिले सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

रातिको समयमा उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि रोकथाम गर्न जिल्लाबाट खटिएका प्रहरी टोली खोलामा पुगेको उनले बताए । प्रहरीले एउटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?