Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस जिल्ला पार्टी कार्यालय भवन शिलान्यास


११ जेष्ठ ,लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।

बेँसीसहर नगरपालिका–८ झिङ्गेखोलामा निर्माण हुन लागेको नेपाली कांग्रेस लमजुङको बिपी स्मृति भवन उनले आज शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशको मुहार फेर्नेगरी गण्डकी प्रदेश सरकार विकासका कार्यक्रममा अघि बढेको दाबी गरे ।

जनमुखी कार्यक्रम र बजेट निर्माणका लागि वर्तमान सरकार तयार रहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले भने, “वर्तमान सरकारले नागरिकको हितमा काम गर्छ, कुनै पनि नागरिकले प्रदेश सरकार नभएको आवास गर्नुपर्ने छैन ।”

सबैको प्रयास रहेमा बिपी स्मृति भवन निर्धारित समयमै सम्पन्न विश्वास उनको छ । कांग्रेस जिल्ला कार्य समिति लमजुङले निर्माण गर्नु लागेको उक्त भवन कूल ११ आनामा रहने छ भने करिब रु तीन करोड लागतमा निर्माण हुने बताइएको छ । चार तलाको निर्माण हुने उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्य रहेको पार्टी प्रवक्ता गणेश गौलीको भनाइ छ ।

भवन शिलान्यास कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रमेशकुमार पाण्डे, पार्टी जिल्ला पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, चन्द्रबहादुर कुँवर, पार्टी पूर्वसभापति एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, टीकाकुमारी बस्याल, पूर्वसभापति एवं सुन्दरबजार नरपालिका प्रमुख कृष्णप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?