Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस जिल्ला पार्टी कार्यालय भवन शिलान्यास


११ जेष्ठ ,लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।

बेँसीसहर नगरपालिका–८ झिङ्गेखोलामा निर्माण हुन लागेको नेपाली कांग्रेस लमजुङको बिपी स्मृति भवन उनले आज शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशको मुहार फेर्नेगरी गण्डकी प्रदेश सरकार विकासका कार्यक्रममा अघि बढेको दाबी गरे ।

जनमुखी कार्यक्रम र बजेट निर्माणका लागि वर्तमान सरकार तयार रहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले भने, “वर्तमान सरकारले नागरिकको हितमा काम गर्छ, कुनै पनि नागरिकले प्रदेश सरकार नभएको आवास गर्नुपर्ने छैन ।”

सबैको प्रयास रहेमा बिपी स्मृति भवन निर्धारित समयमै सम्पन्न विश्वास उनको छ । कांग्रेस जिल्ला कार्य समिति लमजुङले निर्माण गर्नु लागेको उक्त भवन कूल ११ आनामा रहने छ भने करिब रु तीन करोड लागतमा निर्माण हुने बताइएको छ । चार तलाको निर्माण हुने उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्य रहेको पार्टी प्रवक्ता गणेश गौलीको भनाइ छ ।

भवन शिलान्यास कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रमेशकुमार पाण्डे, पार्टी जिल्ला पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, चन्द्रबहादुर कुँवर, पार्टी पूर्वसभापति एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, टीकाकुमारी बस्याल, पूर्वसभापति एवं सुन्दरबजार नरपालिका प्रमुख कृष्णप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?