Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाँच वर्षमा १ सय ५१ किलोमिटर सडक कालोपत्र


११ जेठ, झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा एक सय ५१ दशमलव १ किमी सडक कालोपत्र गरेको जनाएको हो । कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्दछ ।

जिल्लाका विभिन्न स्थानमा छ देखि ३० किमीसम्म सडक कालोपत्र भएका कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । उनले प्रदेश सरकारले बनाएका योजनाअन्तर्गत बजेट निकासी हुन नसक्दा थप सडक कालोपत्र हुन नसकेको बताए । “जिल्लामा थुप्रै योजना अधुरा छन्”, उनले भने, “बजेट अभावले भने जस्तो काम हुन सकेको छैन ।” प्रमुख श्रेष्ठका अनुसार दर्जनौँ सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्र भइरहेका छन् ।

उनले आधादर्जन बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट भुक्तानी गर्न नसकिएको जानकारी दिए । हालै कालोपत्र भएका धुलाबारी–ज्यामिरगढी–भन्द्रपुर, सतासीधाम झिलझिले, दुगापुर दानाबारीदेखि इलाम जाने सडक, दमक–५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई–तीन सुरुङ्गादेखि बोर्डरसम्मको सडकको भुक्तानी गर्न नसकिएको प्रमुख श्रेष्ठले बताए । बजेट अभावका कारण ठेकेदारलाई भुक्तानी गर्न नसकिएको उनको भनाइ थियो । प्रमुख श्रेष्ठले भने, “हामीसँग योजना छ, दक्षजनशक्ति छ तर पर्याप्त बजेट छैन ।”

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी छन् । सडक कालोपत्र भएपछि वर्षौँदेखिको धुलो र हिलोबाट मुक्ति मिलेको स्थानीय रोशन न्यौपानेले बताए । सडक कालोपत्रसँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवातवापतमा सजिलो भएको छ ।

सोही अवधिमा इलाम र झापामा १० मोटोरेवल पुल, १३ झोलुङ्गे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इञ्जीनीयर अमृतकुमार दाहालले बताए । उनले दुवै जिल्लाका विभिन्न खोलामा ३२ मिटरदेखि एक सय २० मिटरसम्म लम्बाइ भएका झोलुङ्गे पुल बनाएको बताए ।

इलामका रतुवामाई, शिवा, झुत्रेमा छ र झापाका देउनिया, हडिया, अदुवालगायत पाँच खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको दाहालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आठ मोटरेवल पुल निर्माण भएका छन् भने इलाममा दुई वटा मात्र निर्माण भएका छन् ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?