Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पाँच वर्षमा १ सय ५१ किलोमिटर सडक कालोपत्र


११ जेठ, झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा एक सय ५१ दशमलव १ किमी सडक कालोपत्र गरेको जनाएको हो । कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्दछ ।

जिल्लाका विभिन्न स्थानमा छ देखि ३० किमीसम्म सडक कालोपत्र भएका कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । उनले प्रदेश सरकारले बनाएका योजनाअन्तर्गत बजेट निकासी हुन नसक्दा थप सडक कालोपत्र हुन नसकेको बताए । “जिल्लामा थुप्रै योजना अधुरा छन्”, उनले भने, “बजेट अभावले भने जस्तो काम हुन सकेको छैन ।” प्रमुख श्रेष्ठका अनुसार दर्जनौँ सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्र भइरहेका छन् ।

उनले आधादर्जन बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट भुक्तानी गर्न नसकिएको जानकारी दिए । हालै कालोपत्र भएका धुलाबारी–ज्यामिरगढी–भन्द्रपुर, सतासीधाम झिलझिले, दुगापुर दानाबारीदेखि इलाम जाने सडक, दमक–५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई–तीन सुरुङ्गादेखि बोर्डरसम्मको सडकको भुक्तानी गर्न नसकिएको प्रमुख श्रेष्ठले बताए । बजेट अभावका कारण ठेकेदारलाई भुक्तानी गर्न नसकिएको उनको भनाइ थियो । प्रमुख श्रेष्ठले भने, “हामीसँग योजना छ, दक्षजनशक्ति छ तर पर्याप्त बजेट छैन ।”

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी छन् । सडक कालोपत्र भएपछि वर्षौँदेखिको धुलो र हिलोबाट मुक्ति मिलेको स्थानीय रोशन न्यौपानेले बताए । सडक कालोपत्रसँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवातवापतमा सजिलो भएको छ ।

सोही अवधिमा इलाम र झापामा १० मोटोरेवल पुल, १३ झोलुङ्गे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इञ्जीनीयर अमृतकुमार दाहालले बताए । उनले दुवै जिल्लाका विभिन्न खोलामा ३२ मिटरदेखि एक सय २० मिटरसम्म लम्बाइ भएका झोलुङ्गे पुल बनाएको बताए ।

इलामका रतुवामाई, शिवा, झुत्रेमा छ र झापाका देउनिया, हडिया, अदुवालगायत पाँच खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको दाहालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आठ मोटरेवल पुल निर्माण भएका छन् भने इलाममा दुई वटा मात्र निर्माण भएका छन् ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?