Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकै रातामा चार वटा सटर फोडेर चोरी गर्ने व्यक्ति पक्राउ


१० जेठ, झापा । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी बस्ने ५६ वर्षीय सविलाल खवासलाई नियन्त्रणमा लिएको जनाएको ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले चोरीका सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएका फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित खवासलाई घरबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रवक्ता रिजालले पक्राउ परेका खवासलाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?