Trending
>>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

हप्तामा २ पटक उडान भर्न नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति


१० जेठ, काठमााडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले हप्तामा २ पटक काठमाडाैँबाट अष्ट्रेलियाको सिड्नी उडान भर्ने भएको छ । सिड्नी एयरपोर्टले सातामा २ दिन उडान भर्न नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो ।

सिड्नी एयरपोर्टले बिहीबार र शनिबार उडान भर्नका लागि अनुमति दिएको हो ।

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको उड्डयन प्राधिकरणमा यसबारे थप जानकारी पठाइसकेको बुझिएको छ । अहिले एयरलाइन्स जेनेरल सेल्स एजेन्टको छनाैट प्रक्रियामा लागेको जानकारी दिइएको छ ।

नेपाल एयरलाइन्सको सिधा सिड्नी उडानमा सिंगापुर ट्रान्जिट पर्ने बताइएको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?