Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित


१० जेठ, टीकापुर । कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मलको अभाव हुने उनीहरूलाई चिन्ता छ ।

कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ । सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । यस वर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धान खेती गर्ने बेलामा डिएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए ।

‘किसानले खेती गर्ने बेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्’, उनले भने, ‘मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।’

कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार दुई सय मेट्रिक टन डिएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताए । ‘पहिलो चरणमा एक हजार दुई सय मेट्रिक टन डिएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ’, उनले भने, ‘थप मल भैरहवा नाकामा आयात गरिए वितरण गर्न सकिन्थ्यो ।’

कृषि सामग्री कम्पनी धनगढीसित हाल दुई सय ५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ । कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको छ । माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ । यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।

किसान रूपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मीप्रति निरुत्साहित गर्ने गरेको बताए । ‘खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैँ अभाव झेलिरहन्छौँ’, उनी भन्छन्, ‘अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ । समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ ।’

अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउछन् । ‘हरेक वर्ष खेती गर्ने समयमा मल अभाव झेल्छौँ’, उनी भन्छन्, ‘नेपाली बजारमा मल अभाव हुने, भारतबाट किनेर ल्याउँदा सीमामा दुःख दिइन्छ । हामीले खेती कसरी गर्नु ?’


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?