Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द


९ जेष्ठ ,मान्म । कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका थिए । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बिदा गरिएको विद्यालयले जनाएको छ ।
कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए । “पादमघाट अत्यधिक गर्मी हुने ठाउँ हो”, उनले भने, “विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि हामीले अहिले विद्यालय बन्द गरेका छौँ ।”

विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताए । “दश वर्षदेखि १४ वर्षसम्म उमेर समूहका बालबालिका बेहोस भएका हुन्”, उनले भने, “कक्षाकोठामा पढिरहेको अवस्थामा विद्यार्थी बेहोस भएका थिए ।”

गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा अरुण मण्डलले बताए । “जटिल समस्या होइन”, उनले भने, “सुक्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ”।
केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधारभूत अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?