Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

स्तरोन्नति हुँदै निजामती अस्पताल


९ जेष्ठ ,काठमाडौँ । निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले चाँडै नै दुई सय ५० शय्या सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने जानकारी दिए ।

अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन रहेको छ । “सबै संरचना तयार भइसकेको छ । नयाँ जनशक्ति चाँडै परिपूर्ति गरेर अस्पताललाई दुई सय ५० शय्यामा सञ्चालन गर्ने छौँ”, उनले भनेयो, “अस्पतालको स्तरोन्नतिसँगै सेवा पनि विस्तार गरिनेछ ।” एक हप्ताभित्रमा उच्च प्रविधिको अत्याधुनिक ‘एमआरआई’सेवा सुरु गर्ने उनले जानकारी दिए ।

उनका अनुसार अत्याधुनिक एमआरआईले जटिल किसिमको रोगको पत्ता लगाउनका लागि परीक्षण गर्दछ । एमआरआईको प्रयोगबाट ब्रेन ट्युमर, पेट, नशा र जटिल रोगको परीक्षण हुन्छ । उक्त एमआरआई उपकरणबाट शरिरको साना–साना नशा, सानो रगत नलि बन्द हुने, मुटुको एमाआइआई , पित्तनली भएका साना पत्थरी, हड्डी खिइएको जस्ता कुराका पत्ता लाग्ने छ ।

निजी अस्पतालमा उक्त सेवा भए पनि सरकारी अस्पतालमा पहिलो भएको उनको भनाइ रहेको छ । अस्पतालका निर्देशक डा पौडेलले एमआरआईमा हेलियस ग्याँस भरेपछि सञ्चालन गरिने बताए । रु २२ करोडमा खरिद गरिएको उक्त एमआरआई उपकरण दुई महिना अघि मात्र ल्याइएको छ ।

यसैगरी अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि रेडियोथेरापी उपकरणसमेत ल्याउन थालेको छ । यसैगरी अस्पतालले ब्याचलर अफ नर्सी एण्ड क्रिटीकल केयर विषयसमेत अध्ययन गराउने भएको छ ।

कार्यकारी निर्देशक डा पौडेलले यही जेठको अन्तिम सातादेखि २० जनालाई उक्त विषय अस्पतालमा अध्यापन गराइने जानकारी दिए । यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निजामति अस्पताललाई विशिष्टीकृत चिकित्सासहितको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तार गरिने उल्लेख छ ।

“यहाँ आएका बिरामीलाई अन्त्य उपचार गर्न जान नपरोस् भनेर अस्पताललाई विशिष्टीकृत बनाउन थालिएको हो”, उनले भने, “सबै किसिमको उपचार हुन्छ । अस्पताललाई रिफरल सेन्टरको रुपमा विकास गरिने छ ।”

सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने लक्ष्य लिइएको छ । चीन सरकारले बनाइदिएको उक्त अस्पतालमा २०६५ जेठ १६ गतेबाट सञ्चालन आएको हो ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?