Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुत्केरीको हेलिकप्टर मार्फत उद्धार


९ जेठ, दार्चुला । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार आमा र बच्चालाई जिल्ला अस्पतालमा ल्याइएको थियो ।

यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको उक्त अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?