Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

माओवादी केन्द्रको प्रतिनिधिमण्डल चीनमा, दुईदेशीय हित र व्यापारिक सम्बन्ध विस्तारबारे छलफल


८ जेठ, बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको छ ।

शुक्रबार दिउँसो माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता वाङले ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेकाले छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुने बताए ।

“एक असल छिमेकी मित्रराष्ट्रको हिसाबले नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकार प्रतिबद्ध छ”, नेता वाङ्ले भने, “ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेको छ, अब छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुनेछ ।”

नेपाली प्रतिनिधिमण्डलका नेता सापकोटाले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो रहेको र दुई देशको सम्बन्ध प्रगाढ एवम् अतुलनीय रहेको स्मरण गर्दै उहाँले अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

उनले भने, “चीनको विकासबाट नेपालले सकारात्मक लाभ लिन चाहेको छ । सीमा नाकामा रहेका अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने र काठमाडौँ–ल्हासा सिधा हवाई उडान पुनः सञ्चालन हुने नेपालको अपेक्षा छ ।”

सापकोटाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउँदै नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । १४ दिन लामो चीन बसाइका क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट, सुबोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, सेसुराम भण्डारी र जिपी मैनाली छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?