Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण


५ जेष्ठ ,ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।

बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

उनका अनुसार आरोहणका लागि आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली भने खराब मौसमका कारण बेस क्याम्प फर्किएका छन् ।

उनीहरु आठ हजार मिटरको उचाइबाट खराब मौसमका कारण फर्किनुपरेको शेर्पाले बताए । सफल आरोहण गरेका तीनसहित १४ आफ्नो कम्पनीबाट गएको उनको भनाइ छ ।

यता सातोरी एडभाञ्चरबाट गएका १४ जनाको टोलीसमेत खराब मौसमलगायत कारण करिब आठ हजार मिटरको उचाइमा पुगेर बेसक्याम्प फर्किएको छ ।

उक्त कम्पनीबाट कञ्चनजङ्घा आरोहण गर्ने तयारीमा रहेका २१ मध्ये १४ जना आरोहणका लागि गएका थिए । उनीहरु बिहीबार राति फर्किएका हुन् । अन्य सात जना भने सगरमाथापछि कञ्चनजङ्घाको आरोहणमा जाने कम्पनीका निर्देशक ऋषि भण्डारीले जानकारी दिए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?