Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण


५ जेष्ठ ,ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।

बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

उनका अनुसार आरोहणका लागि आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली भने खराब मौसमका कारण बेस क्याम्प फर्किएका छन् ।

उनीहरु आठ हजार मिटरको उचाइबाट खराब मौसमका कारण फर्किनुपरेको शेर्पाले बताए । सफल आरोहण गरेका तीनसहित १४ आफ्नो कम्पनीबाट गएको उनको भनाइ छ ।

यता सातोरी एडभाञ्चरबाट गएका १४ जनाको टोलीसमेत खराब मौसमलगायत कारण करिब आठ हजार मिटरको उचाइमा पुगेर बेसक्याम्प फर्किएको छ ।

उक्त कम्पनीबाट कञ्चनजङ्घा आरोहण गर्ने तयारीमा रहेका २१ मध्ये १४ जना आरोहणका लागि गएका थिए । उनीहरु बिहीबार राति फर्किएका हुन् । अन्य सात जना भने सगरमाथापछि कञ्चनजङ्घाको आरोहणमा जाने कम्पनीका निर्देशक ऋषि भण्डारीले जानकारी दिए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?