Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भेरी नदीमा बहाव बढेपछि डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध


५ जेष्ठ ,जाजरकोट । भेरी नदीमा बहाव बढेपछि भेरी करिडोरको डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको छेरा बगरस्थित भेरी नदीमा बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।

डोल्पा जाजरकोट सडकखण्ड जोड्नका लागि भेरी नदीमा राखिएको ह्यमपाइप बहाव बढेपछि पुरिँदै गएका कारण सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

नदीमा पुल नहुँदा ह्युमपाइप राखेर डोल्पा जाजरकोट सडकखण्ड सिधा जोडिएको थियो । सडकखण्ड अवरुद्ध भएसँगै नेपालगञ्ज, सुर्खेत, बुटवल, दाङलगायतका बाहिरी जिल्लाबाट डोल्पा आउने मालबाहक ट्रकसमेत तल्लुबगरमै रोकिने भएका छन् ।

बस सेवा प्रभावित यस्तै केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको डोल्पा–नेपालगञ्ज सिधा बस सेवासमेत सडकखण्ड अवरुद्ध हुँदा प्रभावित हुने भएको छ । अब डोल्पा नेपालगञ्ज यात्रुबाहक बस, मालबाहक ट्रकसहितका सवारीसाधन डोल्पासम्म सिधा पुग्ने छैनन् ।

अब डोल्पादेखि बस चढेर रुकुम पश्चिमको छेरा बगरसम्म मात्रै यात्रा गर्न सकिने छ भने नेपालगञ्जदेखि डोल्पा आउने यात्रुहरुले जाजरकोटको तल्लु बगरसम्म मात्रै यात्रा गर्न सक्ने छन् ।

सडक अवरुद्ध भएसँगै अब तल्लुबगरमा सामान पल्टी गरेर छेरा बगरदेखि डोल्पासम्म सामानसहित यात्रु पुर्याइने बताइएको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?