Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

४२ किलो गाँजासहित दुई जना पक्राउ


३ जेठ, महोत्तरी । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

ना७त २०० नंको ट्र्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शङ्का लागि ट्र्याक्टरको चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका चालक, सहायक चालक र ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?