Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एक हप्तामा तीन दुर्घटना, चार जनाले ज्यान गुमाए


२ जेठ, रोल्पा । रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो ।

गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र गर्ने कामदार बोकेको रा१त ३८८१ नंको ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका १३ वर्षीय खेमराज रोका र १२ वर्षीय टेकेन्द्र बस्नेत रहेका छन् । उक्त दुर्घटनामा परी चारजना घाइते भएका थिए ।

यसैगरी गत वैशाख ३० गते रोल्पा नगरपालिका–२ कालापैह्रामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रोल्पा–६ कोटगाउँका २२ वर्षीय उमेश वाँठामगरको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार अर्को एकजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत वैशाख ३० गते सुनछहरी गाउँपालिका–४ सुनछहरी झरनामा रहेको पोखरीमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–१८ की २४ वर्षीया चन्द्रा सुनारको मृत्यु भएको थियो । श्रीमान्सँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भवितव्य ज्यान, सवारी ज्यान जस्ता दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाइसकेका छन् । भवितव्य घटनामा २५ र सवारी दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन् । अठार जना भिरबाट लडेर मरेका हुन् । तीव्र गति, समयमा सडक मर्मत र सम्भार नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । मापसे गरी भिरको बाटो हिँड्दा पनि बढी जसोको लडेर ज्यान जाने गरेको पाइएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?