Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

आइतबारदेखि विद्युत् अवरुद्ध, आधा दर्जन गाउँ प्रभावित


२ जेठ, महोत्तरीमा । वर्षासँगै आएको हावाहुरीका कारण महोत्तरीको उत्तरी भेगमा आइतबार रातीदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

हावाहुरीले उत्तरी भेगका हाइटेन्सन पोल ढालेको र रुखका हाँगा खसेर प्रसारण लाइनमा क्षति पुग्दा सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाले जनाएको छ । शाखा प्रमुख प्रवीण झाकाअनुसार बर्दिबासको वडा नं ३, १०, र ११ मा गरी १३ वटा, भंगाहामा ४ र गौशाला वडा नं ११ मा ३ वटा गरी १६ पोलमा क्षति पुगेको छ । त्यस्तै औरही, निगौल चौक, रामनगरलगायत सय बढी ठाउँमा रुखका हाँगा खसेर प्रसारण लाइनमा क्षति पुर्‍याएपछि समस्या भएको छ ।

मर्मत कार्य भइरहेकोले आज (मंगलबार) साँझसम्म सबै ठाउँमा सेवा सुचारु हुने झाले बताए ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?