Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आइतबारदेखि विद्युत् अवरुद्ध, आधा दर्जन गाउँ प्रभावित


२ जेठ, महोत्तरीमा । वर्षासँगै आएको हावाहुरीका कारण महोत्तरीको उत्तरी भेगमा आइतबार रातीदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

हावाहुरीले उत्तरी भेगका हाइटेन्सन पोल ढालेको र रुखका हाँगा खसेर प्रसारण लाइनमा क्षति पुग्दा सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाले जनाएको छ । शाखा प्रमुख प्रवीण झाकाअनुसार बर्दिबासको वडा नं ३, १०, र ११ मा गरी १३ वटा, भंगाहामा ४ र गौशाला वडा नं ११ मा ३ वटा गरी १६ पोलमा क्षति पुगेको छ । त्यस्तै औरही, निगौल चौक, रामनगरलगायत सय बढी ठाउँमा रुखका हाँगा खसेर प्रसारण लाइनमा क्षति पुर्‍याएपछि समस्या भएको छ ।

मर्मत कार्य भइरहेकोले आज (मंगलबार) साँझसम्म सबै ठाउँमा सेवा सुचारु हुने झाले बताए ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?