Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णाली प्रदेशका दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति


२९ वैशाख ,कर्णाली । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

यसै शैक्षिक सत्रदेखि प्रदान गरिने तीनवर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष रु १२ हजार छात्रवृत्ति प्रदान गरिने समाजका सभापति रामकृष्ण बरालले राससलाई जानकारी दिए ।

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट सुरु गरेको पाँचवर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुईवटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यससँगै शान्ति समाजले हरेक वर्ष बालिकाहरुलाई प्रदान गर्ने छात्रवृत्ति सङ्ख्या एक सय चार पुगेको छ ।

कर्णाली केन्द्रित तीनवर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सभापति बरालले दुई र वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति पुष्पा मल्ल, सचिवहरु लक्ष्मीनारायण मिश्र, अमरबहादुर गौतम, सन्तोष अधिकारी क्षेत्री, प्रकाश शाही, सन्तोष रौनियार, पूर्वसचिव मदनबहादुर कुँवर, केन्द्रीय सदस्यहरु, डिपी खनाल, तुलसीराम सुनार, अरुण ज्ञवाली, ज्योति वाल्मीकि, निर्मला गुरुङ, अनुजा सैँजु, दिवाकर पुडासैनी र प्रतिमा महतोले सहयोग गर्नुभएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?