Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

जसपाको विधान अधिवेशन आगामी असारमा


२७ वैशाख ,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि सो अधिवेशन आउँदो जेठ १ गतेदेखि काठमाडौँमा गर्ने तय भएकामा तयारी नपुगेकाले असार ९ गतेलाई सारिएको हो ।

यसैगरी आजको बैठकले नागरिकतासम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ ।

उता प्रदेश नं १ को नाम ‘कोशी’ राखिएको विरुद्ध जारी आन्दोलनमाथि दमन बन्द गर्न तथा आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि सो पार्टीले माग गरेको छ ।

आजको बैठकले भुटानी शरणार्थी समस्यासम्बन्धी निष्पक्ष छानविन गरी दोषी देखिएमा कानुनी दायरामा ल्याउन र कानुनी प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरिएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?