Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन : प्रहरी नायब महानिरीक्षक बाँस्तोला


२६ वैशाख ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

कार्यालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताए ।

फरार अपराधीलाई पक्राउ गर्न तीव्रता दिइएको, हराएका नागरिक खोज तलासमा ध्यान दिइएको र सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करीजस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्न गस्ती परिचालन गरिएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले सङ्गठनभित्र रवाना कार्यान्वयन र स्मार्ट प्रहरी कार्यालय व्यवस्थापनमा पनि जोड दिइएको जानकारी दिए ।

समन्वय र सहयोगको पद्धतिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम गरिरहेको प्रहरीको निगरानी र क्रियाशीलताले चोरी तस्करी कम भएको, भन्सार छली ल्याउने सामान धमाधम पक्राउ परिरहेको र सवारी दुर्घटनाजस्ता घटनामा पनि कमी आएको उनको भनाइ थियो ।

उनले नागरिक सुरक्षा, सुशासनबाट नै आम नागरिकमा समृद्धि आउने भएकाले शान्ति सुरक्षाको विषयमा र अपराध अनुसन्धान एवं खोजीमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनले सामुदायिक साझेदारी प्रहरी कार्यक्रम, ट्राफिक व्यवस्थापन, आत्महत्याजस्ता घटनालाई न्यून बनाउन व्यापक सचेतनाको अभियान सञ्चालन गर्ने बताए ।

प्रहरीप्रति नागरिकको विश्वास बढाउन विगतका अभियानलाई तीव्रता दिने जनाउँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले प्रदेशमा काजमा रहेका प्रहरीलाई व्यवस्थापन गर्ने र नागरिकको स्वतन्त्रतापूर्वक जिउने अधिकारलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?