Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन : प्रहरी नायब महानिरीक्षक बाँस्तोला


२६ वैशाख ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

कार्यालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताए ।

फरार अपराधीलाई पक्राउ गर्न तीव्रता दिइएको, हराएका नागरिक खोज तलासमा ध्यान दिइएको र सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करीजस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्न गस्ती परिचालन गरिएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले सङ्गठनभित्र रवाना कार्यान्वयन र स्मार्ट प्रहरी कार्यालय व्यवस्थापनमा पनि जोड दिइएको जानकारी दिए ।

समन्वय र सहयोगको पद्धतिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम गरिरहेको प्रहरीको निगरानी र क्रियाशीलताले चोरी तस्करी कम भएको, भन्सार छली ल्याउने सामान धमाधम पक्राउ परिरहेको र सवारी दुर्घटनाजस्ता घटनामा पनि कमी आएको उनको भनाइ थियो ।

उनले नागरिक सुरक्षा, सुशासनबाट नै आम नागरिकमा समृद्धि आउने भएकाले शान्ति सुरक्षाको विषयमा र अपराध अनुसन्धान एवं खोजीमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनले सामुदायिक साझेदारी प्रहरी कार्यक्रम, ट्राफिक व्यवस्थापन, आत्महत्याजस्ता घटनालाई न्यून बनाउन व्यापक सचेतनाको अभियान सञ्चालन गर्ने बताए ।

प्रहरीप्रति नागरिकको विश्वास बढाउन विगतका अभियानलाई तीव्रता दिने जनाउँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले प्रदेशमा काजमा रहेका प्रहरीलाई व्यवस्थापन गर्ने र नागरिकको स्वतन्त्रतापूर्वक जिउने अधिकारलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?