Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नहकुल केसी नियुक्त


२६ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसीलाई नियुक्त गरेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ। जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील छन्।

लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन्।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?