Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विद्यार्थीको पहुँच पुर्‍याउन निःशुल्क भर्ना


२६ वैशाख, कैलाली । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पुर्‍याउन निःशुल्क भर्ना अभियान शुरु गरेको छ ।

भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पुर्‍याउन निःशुल्क भर्ना अभियान शुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताए ।

उनकाअनुसार नगरपालिकाले क्यम्पसलाई दिने रु. ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ । त्यहीँ रकमले नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क भर्नाको कार्यक्रम शुरु गरिएको उनले बताए । ‘हामीले हतार गरेका छौँ । नगरपालिकाले दिने भनिएको अनुदान रकम लिखितरुपमा छैन । मौखिक रुपमा भएको कुरालाई आधार मानेर क्याम्पसको निर्णय सार्वजनिक गरेका हौँ’, अध्यक्ष जोशीले भने, ‘सम्भवत नगरपालिकाको यसपछि बस्ने कार्यपालिकाको बैठकबाट निर्णय हुन्छ होला तर नभएको खण्डमा भने समस्या आउन सक्ने स्थिति छ ।’

क्याम्पसले विद्यार्थी भर्नाको समयमा लाग्ने दुई हजार पाँच सय भर्ना शुल्क, पुस्तकालय शुल्क पाँच सय, खेलकुद शुल्क दुई सय २५, विकास शुल्क पाँच सय र आवेदन फारम शुल्क पाँच सय गरी चार हजार दुई सय २५ रुपैयाँ छुट गरेको हो । अध्ययनका लागि पालिका बाहिर जाने विद्यार्थी र कक्षा १२ सम्मको अध्ययन गरेर आर्थिक स्थितिले पढाइलाई निरन्तरता दिन नसकेका विद्यार्थीलाई यसबाट ठूलो राहत हुने अपेक्षा गरिएको छ ।

क्याम्पस स्ववियु सभापति अर्जुन खत्रीले क्याम्पसले गरेको निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने बताए । नगरप्रमुख केवल चौधरीलाई क्याम्पसको विविध समस्याको विषयमा ज्ञापनपत्र बुझाइएकामा एउटा महत्वपूर्ण काममा नगरपालिकाले सहयोग गरेको उनको भनाइ थियो ।

‘क्याम्पस छ तर विद्यार्थी सङ्ख्या बढाउन सकिएको छैन । आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन्, आशा छ क्याम्पसले गरेको यो निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने र हाम्रो प्रयास पनि सफल हुनेछ’, सभापति खत्रीले बताए । अहिले क्याम्पसमा करिब दुई सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?