Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गैरआवासीय नेपाली सङ्घको १५औँ क्षेत्रीय सम्मेलन सम्पन्न


२५ वैशाख, प्राग । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा आइतबार सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा (माओवादी केन्द्र)का नेता तथा संविधानसभा सदस्य खिमलाल देवकोटालगायतको विशेष उपस्थिति थियो ।

सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधि स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषदबीचको सञ्जालबारेमा छलफल भएको सङ्घले जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको व्यापक एकता (मिलाप), एनआरएनए मेगा प्रोजेक्ट, नेपाल प्रवद्र्धन, रु १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरणलगायतका विषयमा समेत व्यापक छलफल भएको थियो ।

सम्मेलनमा विश्वका ३९ देशका करिब तीन सय प्रतिनिधि सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिको सुझावका आधारमा १४ बँदे प्राग घोषणापत्र जारी गरिएको थियो ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?