Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना


२५ वैशाख, काठमाडाैँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

यसैगरी आज अपराह्न १÷२ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार प्रि–मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उनको भनाइ छ ।

देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम चर्किएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान गरिएको छ । आज राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम भने बदली हुने अनुमान गरिएको छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?