Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भैरहवाबाट काठमाडाैँका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या


२५ वैशाख, भैरहवा । भैरहवाबाट काठमाडाैँका लागि उडेको श्री एयरलाइन्सको विमान बिच बाटोबाटै फर्काइएको छ ।

कलसाइन एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको हो । भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको जानकारी दिइएको छ ।

विमानस्थलमा अवतरण भएपछि पाङ्ग्रा लक भएका कारण धावनमार्गमा विमान गुड्न सकेको छैन । सोही कारण काठमाडाैँबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको विमान काठमाडाैँ नै फर्किएको छ ।

धावनमार्गमा रहेको श्रीएअरको जहाजलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको छ । विमानस्थल सुचारू गर्न केही समय लाग्ने बताइएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?