Trending
>>   हेटौँडामा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु) >>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

भैरहवाबाट काठमाडाैँका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या


२५ वैशाख, भैरहवा । भैरहवाबाट काठमाडाैँका लागि उडेको श्री एयरलाइन्सको विमान बिच बाटोबाटै फर्काइएको छ ।

कलसाइन एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको हो । भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको जानकारी दिइएको छ ।

विमानस्थलमा अवतरण भएपछि पाङ्ग्रा लक भएका कारण धावनमार्गमा विमान गुड्न सकेको छैन । सोही कारण काठमाडाैँबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको विमान काठमाडाैँ नै फर्किएको छ ।

धावनमार्गमा रहेको श्रीएअरको जहाजलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको छ । विमानस्थल सुचारू गर्न केही समय लाग्ने बताइएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?