Trending
>>   हेटौँडामा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु) >>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सडक मानव मुक्त ‘तुलसीपुर’


२५ वैशाख, दाङ । हाल तुलसीपुरमा सडक मानव छैनन् । यदि बाहिरबाट आए पनि तत्काल उद्धार गरेर आश्रममा पठाउने गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार हाल तुलसीपुरमा सडक मानव नरहेका जानकारी दिए ।

तुलसीपुरमा मानव सेवा आश्रममा सबै सडक मानवलाई उद्धार गरेर राख्न थालेपछि यसरी सडक मानव मुक्त भएको हो । संस्थाका शाखा प्रमुख हिरु जोशीका अनुसार बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताए ।

उनका अनुसार अहिलेसम्म २० भन्दा बढीलाई उपचार पछि पुनः स्थापना गरिएको छ । ‘हामीले ल्याएर उपचार गर्छौँ, खाना, वास दिन्छौँ’, उनले भने, “सन्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०/२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।’ पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलो अप पनि हुने गरेको उनको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको उनले बताए । तीमध्ये केहीलाई छिटो सन्चो हुने र केहीलाई दुई/तीन वर्षसम्म पनि सन्चो नहुने अवस्था आउने गरेकोसमेत प्रमुख अधिकारीले बताए । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उनले बताए । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकारले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगीदातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख जोशीको भनाइ छ । हाल तुलसीपुर शाखामा दुई जना केयर गिभर, भने एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई जना नर्स सहयोग गरेको छ । आश्रमको १६ जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगन्जमा शाखा छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?