Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी


२५ वैशाख ,रोल्पा । रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् ।

जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् । जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो ।

रुन्टीगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ । उसले एक जना प्रमुख नगर प्रहरी र आठ नगर प्रहरी पद सिर्जना गरी भर्ना गरेको हो ।नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हुदै आएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए । “शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमा समेत नगरप्रहरी परिचालित हुन्छन्”, उनले भने ।

जिल्लाको माडीले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सात गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान कार्यरत छन् । त्यसैगरी सुनिलस्मृतिले नगर प्रहरी भर्ना गरेको छ ।

पाँच नगर प्रहरी भर्ना गरेको सुनिलस्मृति गाउँपािलकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्नका समेत नगर प्रहरी परिचालित गरिएको उनले बताए । रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन ।

स्थानीय तहले भर्ना गरेका प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यु, विपद व्यवस्थान तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनासम्मको तालिम सञ्चालन गरिएको थियो । प्रहरीलाई कार्यालय सञ्चालन, ‘चेन अफ कमाण्ड’लगायतका विषयमा समेत तालिम दिइएको थियो ।

राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच स्थानीय तहहरुको भनाइ छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । स्थानीय तहहरुले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुदै आएको छ । रोल्पामा एक नगरपालिकासहित दश स्थानीय तह रहेका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?