Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

धुञ्चेमा पशु सेवा सम्पर्क केन्द्र स्थापना


भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक वर्षदेखि सेवा दिन सकिरहेको थिएन । कर्मचारीको व्यवस्था गरेर केन्द्र सञ्चालनमा ल्याएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो । दुई प्राविधिक थप गरेर ‘सम्पर्क केन्द्र’ सञ्चालनमा ल्याइएको हो ।

“प्रादेशिक कार्यालयअन्तर्गत रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापनाको समयदेखि रसुवामा सम्पर्क केन्द्र सञ्चालन भए पनि गत वर्षदेखि पूर्णरूपमा बन्द भएको सेवा सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख पाण्डेले भन्नुभयो । सेवा केन्द्रमार्फत पशुपक्षीपालक किसानलाई पशुपक्षी उपचार सेवा तथा परामर्श, प्राविधिक जानकारी, पशु सेवा विज्ञ केन्द्रले रसुवामा सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि सम्झौतादेखि भुक्तानी प्रक्रियाका लागि निवेदन दिन नुवाकोटको विदुर आउनुपर्ने बाध्यता हटेको छ । जोखिम भवनबाट सेवा सम्पर्क केन्द्रका लागि सुविधासम्पन्न आफ्नै भवन भए पनि उक्त भवन खाली नभएकाले साविक पशु सेवा कार्यालयको पुरानो भवनबाट सेवा सञ्चालनमा ल्याइएको छ । कर्मचारी अभावका कारण सम्पर्क केन्द्रका सुविधासम्पन भवनमा केही समयका लागि भनेर नापी कार्यालय रसुवाले लिए पनि खाली नभएपछि केन्द्रको सेवा जोखिमको भवनबाट सुरु भएको हो । पशु सेवा विज्ञ केन्द्रको भवन छाड्न नापी कार्यालयले अटेर गरेका कारण जोखिमको भवनबाट सेवा सञ्चालनमा ल्याउन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले गुनासो गर्नुभयो । “कार्यालयको आफ्नै नाममा रहेको भवनमा पशुपक्षीको उपचार गर्न विशेषकक्ष, प्रयोगशालालगायतका संरचनाले सेवा प्रवाहमा सहज हुने थियो”, उहाँले भन्नुभयो, “आकस्मिक प्रयोजनका रूपमा नापीले लिएको भवन खाली गर्न गरेको अनुरोध बिलम्व गरेकाले सेवा केन्द्र सञ्चालन गराउन दुई महिनादेखि प्रयास जारी छ ।”

नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पशु सेवा विज्ञ केन्द्रले पशुपक्षी र माछापालक किसानका लागि आवश्यक प्राविधिक सेवा, निःशुल्क उपचार सेवा र औषधि उपलब्ध, अनुदान तथा सहयोग सङ्घीय र प्रदेश सरकारको प्रतिनिधित्वको रूपमा उपलब्ध गराउँदै आएको छ ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?