Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

वैशाख २८ गतेदेखि लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट’ हुँदै


२४ वैशाख, लुम्बिनी । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुँदैछ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ अर्थात ‘बीआईटीएम’ गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो ।

बैशाख २८ गतेदेखि सुरु हुने मार्टमा झण्डै ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर सहभागी हुने बीआईटीएमका संस्थापक तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए ।

उनका अनुसार बैशाख २८ गतेदेखि सुरु हुने मार्ट बैशाख ३० गतेसम्म चल्नेछ । यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने गुरागाईंको भनाई छ ।

‘अहिले विश्वस्तरमा चलेको लण्डनको डब्लुटीएम, जर्मनीको आइटीबी बर्लिन जस्तै नेपालको प्रमुख कार्यक्रमका रुपमा बीआईटीएम लूम्बिनी हुन्छ,’ उनले भने ।

बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्टको तयारी तीव्र रुपमा भइरहेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए । नाट्टाको केन्द्रीय कार्यालयमा सचिवालय राखेर बुद्ध दर्शनसँग सम्बन्धित विज्ञ राखेर तयारी तीव्र पारिएको अध्यक्ष थापाले बताए । बीआईटीएममा आउने अन्तर्राष्ट्रिय विज्ञ र अतिथीलाई आमन्त्रण पनि गरिएको उनले बताए ।

‘हामी अहिले बीआईटीएम आयोजना गर्ने अन्तिम तयारीमा छौँ । पर्यटन बोर्डको सहयोग र सहकार्यमा सबै तयारी तीव्र पारिएको छ’ उनले भने, ‘यसका लागि नाट्टाका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा विभिन्न समिति गठन गरेर काम भइरहेको छ ।’

लुम्बिनीको होटल पवनमा आयोजना हुने बीआईटीएममा संघीय सरकारका मन्त्री, पर्यटन सचिव, पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी, सातै प्रदेशका पर्यटन व्यवसायी, विभिन्न जिल्लाका युवा पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा पर्यटन अभियान्ताको सहभागिता रहने नाट्टाका महासचिव कुमार थपलियाले जानकारी दिए ।

‘नाट्टाले आयोजना गर्न लागेको दोस्रो संस्करणको बीआईटीएम नेपालको पर्यटन क्षेत्रको एक प्रमुख कार्यक्रम हो । यसले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रमुख भूमिका खेल्छ’, उनले भने ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?