Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निकुुञ्जभित्रको बस्ती स्थानान्तरण नहुँदा समस्या


२३ वैशाख ,मुगु । मुगुुको छायाँनाथ रारा नगरपालिका–८ चुुँगा गाउँका दलित समुदायले ४७ वर्षदेखि नजरबन्द जस्तै जीवन बिताउनु परेको गुनासो गरेका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्रको गाउँका बासिन्दा नीति नियम कानुनका कारण समस्यामा परेको बताउँदै आएका छन् ।

रारा राष्ट्रिय निकुुञ्जको स्थापाना विसं २०३२ मा भएको हो । निकुुञ्ज स्थापनापछि रारा राष्ट्रिय निकुुञ्जभित्र रहेका छाप्रु र रारा गाउँका स्थानीयलाई सरकारले बाँकेको लिचिसापानी स्थानान्तरण गरेकोे थियो ।

तर चुुँगा गाउँका दलित बस्तीका विषयमा भने कुनै सम्बोधन भएन । निकुञ्जको नीति नियमले चुगाँगाउँका ३० घरधुरीका दलितहरुलाई सरकारले सम्बोधन नगरेको ८० वर्षे जयराम विकले गुनासो गरे । “निकुुञ्जभित्रको बसाइ कष्टपूर्ण छ”, उनले भने, “राज्यको सेवासुविधाबाट पनि हामीलाई बञ्चित गराइको छ, बस्ती स्थानान्तरणका लागि नेतादेखि रारा राष्ट्रिय निकुुञ्जसम्म जानकारी गराउँदा पनि सुुनुवाइ भएको छैन ।”

स्थानीय युवा रतन विकका अनुसार बस्ती निकुुञ्जको ‘कोर एरिया’मा पर्ने भएकाले राज्यबाट आउने सेवा सुुविधा पाउनबाट बञ्चित भएको बताए । “गाउँमा विकास योजना आउँदा आफूखुसी सञ्चालन गर्न पाइँदैन, निकुुञ्जसँग अनुमति माग्न जाँदा निकुञ्जले दिँदैन”, उनले भने, “निकुुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै अनुुमति नदिँदा गाउँमा आएका विकासका योजना पाउन सकिएको छैन ।”

गाउँमा स्वास्थ्यचौकी छैन, गर्भवतीलगायत अन्य बिरामीलाई अस्पताल लिनका लागि आधा घण्टासम्म डोकामा बोक्नैपर्ने बाध्यता भएको उनको भनाइ छ । खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका सेवा नहुँदा जीवन कष्टकर भएको उनको गुनासो छ । उनका अनुसार रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको चुुगाँगाउँ दलित बस्तीमा जङ्गली जनावरको सास्ती पनि उत्तिकै छ ।

चुुँगा गाउँका स्थानीयको निकुुञ्जभित्रै नापी भएको जग्गा छ । खेतीपाती जङ्गली जनावरले सखाप पार्ने गरेको स्थानीय ६० वर्षीय वृद्ध लालधरा विकले बताए । “यो गाउँमा हरेक समस्या छ, नजरबन्द सहरको जीवन भएको छ”, उनले भने, “चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ । घर बनाउन पुुर्जी भनेअनुसार पाइँदैन, घाँस दाउरा गर्न जङ्गल जान पनि समस्या छ”, स्थानीय प्रेमबहादुर कामीले बताए ।

छायाँनाथ रारा नगरपालिका–८ का वडाध्यक्ष कर्णबहादुर रावलका अनुसार चुुगाँगाउँ दलित बस्तीले निकुञ्ज प्रशासन, जङ्गली जनावरको बर्सेनि सास्ती खेप्नुुपरेको बताए । उनका अनुसार बस्ती स्थानान्तणका लागि पटक–पटक कुरा उठे पनि कार्यान्वयन भएको छैन । बस्ती स्थानान्तरणका लागि वडास्तरबाट सम्बन्धित निकायमा पहल गर्ने निर्णय भइसकेको अध्यक्ष रावलले बताए ।

रारा राष्ट्रिय निकुुञ्जका वन संरक्षण अधिकृत विश्वबाबुु श्रेष्ठका अनुसार जनावर बस्ने स्थानमा मानवबस्ती बस्दा पक्कै पनि केही समस्या हुने गरेको बताए । रारा राष्ट्रिय निकुुञ्ज विशेषगरी जङ्गली जनावरको बासस्थान हो । उनले निकुञ्जभित्रको मानवबस्तीका कारण जङ्गली जनावरलाई अन्याय भएको बताए ।

बस्ती स्थानान्तरणका लागि कुरा आएको भन्ने आफूले सुुनेको बताउँदै संरक्षण अधिकृत श्रेष्ठले भने, “निकुञ्जभित्र बस्ती बस्नुु राम्रो हुदैन । निकुञ्जभित्र रहेका रारा बस्तीलाई स्थानान्तरण गर्नु उपयुक्त हुन्छ ।”


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?