Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो


२३ वैशाख ,गोरखा । गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ ।

गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौँ ल्याउनका लागि टानले पहल गरिरहेको बताए ।

काठमाडौँ ल्याउन लागिएको उक्त शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?