Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ


२३ वैशाख ,काठमाडौँ । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पत्रकार भण्डारी सुरक्षा न्यूज डटकमका प्रबन्ध निर्देशक हुन् । भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो ।

उजुरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?