Trending
>>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो


पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त हुनुएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराउनुभएका गिरीे जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुनुहुन्छ । पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन ।

पञ्चायतकालको सुरुआतमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२/२३ सालमा राज्यमन्त्री बन्नुभएको थियो । त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बन्नुभएको थियो । यस्तै २०३९ सालमा जलजला–४,मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बन्नु भएको थियो । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल हुनुभएको थियो । पर्वतमा यसअघि छ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । “पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो”, स्थानीय राजु पौडेलले भन्नुभयो, “अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौँ ।”

विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बन्नु भएको थियो । विसं २०७२ मा आठाँै जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बन्नुभएको थियो ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?