Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बुद्ध जयन्ती मनाउन रामग्रामले धातु जात्रा निकाल्ने


२१ वैशाख ,नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । वैशाख २२ गते शुक्रबार बुद्धको २५६७औँ जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा गर्दैछ ।

हरेक वर्ष रामग्राम स्तपुमा मनाउँदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले फरक तथा आकर्षक ढङ्गले गर्ने बताएको छ । नगरपालिकाले नगरभित्र रहेको कोलिया गणराज्यको पण्डितपुरबाट धातु जात्रा (रथ) गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।

करिब २५ सय वर्ष तथा इसापूर्व पाँच सय वर्ष पुरानो यो स्तुप कोलिया गणराज्यद्वारा निर्माण गरिएको थियो । बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तुप हो ।

स्तुपको सुरक्षार्थ नागजातिको आग्रहमा उत्खनन नगराई दिदा सिङ्गाँ भाग बचेको छ । सोही अस्थिको झल्को दिन धातु रथयात्रा गर्ने नगरप्रमुख यादवले भने ।

बुद्ध जयन्तीका अवसरमा कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको छ । रामग्राम स्तपु, पण्डिपुर र परासी बजार सरसफाइ गरिएको छ । त्यस्तै दिउँसोका कार्यक्रम सकिएपछि साँझ दीपावली गर्ने कार्यक्रम पनि छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?