Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित


२१ वैशाख ,काठमाडौँ । सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

वार्ता समितिले आजै आन्दोलनरत निजामती कर्मचारीसँग वार्ता गर्ने तय गरेको छ । सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले आज सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?