Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बझाङ : यार्सा सङ्कलनमा हिँडेका एकको निधन, एक बेपत्ता


२० वैशाख ,बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन् ।

सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर गएका थिए । मङ्गलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकि हुन्।

उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?