Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सरकारवादी मुद्दाको गहन अनुसन्धान हुनुपर्ने


१९ वैशाख ,विराटनगर । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौँद्वारा आयोजित ‘लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिल तथा न्यायसम्पादनमा संलग्न अधिकारीबीचको’ अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

एकदिने सो कार्यक्रममा जिल्ला न्यायाधीश, प्रहरी अधिकृत, सरकारी वकिल, सहन्यायाधिवक्ताको सहभागिता रहेको थियो । कार्यक्रममा मोरङका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल, जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले तथा प्रहरी उपरीक्षक दीपक पोखरेल र महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले फौजदारी न्याय प्रशासनमा अनुसन्धान र अभियोजन तथा न्यायसम्पादनका क्रममा गर्नुपर्ने समन्वय र सहकार्यका सम्बन्धमा भएका कमी कमजोरी तथा सुधारका क्षेत्रसमेतको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पेश भएका कार्यपत्रलाई तीन समूहमा विभाजन गरी गरिएको छलफलबाट निस्किएको निष्कर्षलाई न्याय सम्पादनका लागि निर्देशिका जारी हुने बताइएको छ । सो अवसरमा महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले हुलमुलमा प्रतिवादी तयार गर्नुभन्दा अनुसन्धानको प्रक्रिया पूरा गरेर तयार पारिएको प्रतिवादीबाट न्याय सम्पादनमा सजिलो तथा सहज हुने धारणा राखे ।

उनले अनुसन्धान अभियोजन सुधार गर्न नसके न्याय सम्पादनमा समस्या हुने भन्दै न्यायको पहिचान विन्दुमै ध्यान केन्द्रित गरेर अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिए । कोशी प्रदेशका प्रमुख न्यायाधिवक्ता गजेन्द्र आचार्यले अनुसन्धानकर्ताले असल नियत राखेर अनुसन्धान गरेर न्याय क्षेत्रमा जनताको विश्वास बढ्ने विचार व्यक्त गरे ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले सरकारवादी हुने हरेक मुद्दाको विषयमा अनुसन्धानकर्ता गम्भीर हुनुपर्ने धारणा राखे । आयोजक कार्यालयका नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्लाका न्यायाधीश कृष्णप्रसाद सुवेदी र मोरङका सहन्यायाधिवक्ता सीमा यादवले पनि अनुसन्धानको विविध पक्षमा चर्चा गरेका थिए ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?