Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

दार्चुलामा हिमपहिरो, यार्सा खोज्न हिँडेका मानिसहरू पुरिएको आशंका


१९ वैशाख, दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ । यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिए । उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ ।

“हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनी मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ”, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भने । अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो । हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए ।

“केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरुले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ”, डिएसपी भट्टले भने–“यार्सागुम्बा सङ्कलक स्थानीय बाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ ।” खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए ।

सङ्कलक केही दिनअघि यार्सागुम्बा संकलनका लागी लेकतर्फ उक्लिएका ब्याँस–१ का वडाध्यक्ष अशोक बोहराले बताए । “लगातार हिउँ परिरहेको थियो, संकलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा संकलन गर्न जान सकिरहेका थिएनन”, उनले भने ।

व्याँसस्थित सितापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?