Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान


१९ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।“बाघले मान्छे मारेपछि अझैसम्म स्थानीयवासी त्रस्त छन्, फेरि बाघको हल्ला छ”, उनले भने, “त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।” यही बैशाख ८ मा घाँस काट्न गएकी सोही वडाकी गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । घटनापछि स्थानीयवासी त्रस्त छन् ।

“पचुईँपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्”, स्थानीयवासी महेश विष्टले भने, “घटनापछि डराएका स्थानीयवासी अझैसम्म सामान्य अवस्थामा आउन सकेका छैनन् ।” घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि नसकेका उनले बताए ।

उक्त नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना थुनिएको छ । यसअघि गत चैत १० मा भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।
पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि त्यस क्षेत्रका बासिन्दामा त्रास बढेको हो । बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहे पनि अझैसम्म स्थानीयवासीमा बाघको त्रास कम हुन नसकेको वडानं ८ का अध्यक्ष बिसराम रानाले बताए ।

“गहुँ थ्रेसिङ गरेपछि भुसासमेत बाघको डरले त्यस क्षेत्रका बासिन्दाले ल्याउन सकेका छैनन्”, उनले भने, “रातपर्ने वित्तिकै स्थानीयवासी घर बाहिर निस्कन डराइरहेका छन् ।”त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि राति भने आवतजावत निकै कम भएको छ । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा घना जङ्गल छैन तर करिब दुई किलोमिटर क्षेत्रमा रहेको घना झाडी भने सफा गर्ने तयारी गरिएको छ । “झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गर्ने तयारी गरेको छ”, वडाध्यक्ष रानाले भने, “यसबाट सो क्षेत्र खुल्ला हुन्छ । झाडी नभए बाघ पनि नबस्ने र स्थानीयवासीको डर कम हुनेछ ।”


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?