Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आपसी सहकार्य सम्बन्धमा पोखराका पर्यटन व्यवसायीले गरे राजदूत थम्पसनसँग छलफल


१६ वैशाख, पोखरा । पोखराका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । छलफलमा होटेल सङ्घ पोखरा नेपालका महासचिव राजेन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका सम्बन्धमा जानकारी गराएका थिए ।

अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरू संवेदनशील रहेको सङ्घका महासचिव ढकालले बताए । विगतमा अमेरिकी दूतावाससँग सङ्घ नजिक रहेर काम गरेको र भविष्यमा पनि त्यस्तो सहकार्यप्रति आफूहरु आशावादी रहेको पन्थीले बताए । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको सङ्ख्या बढेको उनले जानकारी गराए ।

सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको बताउँदै उनले झण्डै चार दशकदेखि सङ्घले पर्यटकीय सेवासुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराए । यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराउँदै पन्थीले रोजगारी सिर्जनासँगै राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्दै गरिबीको अन्त्य गर्ने उद्देश्य राखिएको बताए ।

कोभिड–१९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामा कुनै कमी नहुने गरी अप्ठ्यारो अवस्थामा पनि आफूहरूले सेवा गरिरहेको बताए । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नति पनि केही अवधिमा सकिने उल्लेख गर्दै उनले पर्यटकीय पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या नभएको स्पष्ट पारे ।

पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्न सङ्घ तयार रहेको उहाँले जानकारी गराए । पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको उल्लेख गर्दै उनले द्विपक्षीय व्यापारिक लाभका लागि सङ्घले आवश्यक भूमिका खेल्नसक्ने बताए । छलफलमा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गरेका थिए । राजदूतको चासोका सम्बन्धमा अध्यक्ष पन्थीले पर्यटकको सुरक्षाका लागि पथप्रदर्शको व्यवस्था गरिएको स्पष्ट पारे ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?