Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन


राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो ।

आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उहाँले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गर्नुभएको थियो । यसपछि उहाँका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ ।

यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?