Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बलिउड चलचित्रमा नेपाली अभिनेता टङ्क


१५ वैशाख, काठमाडाैँ । लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक सन्दीप रेड्डी भाङ्गाको ग्याङ्सटर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उनले बताए ।

“झन्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ”, अभिनेता धमलाले भने, “म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।” नेपाली चलचित्र ‘सरौतो’ पश्चात नै नेपाली मिडिया र चलचित्रकर्मीको आँखामा परेको अभिनेता धमलाले बेलायत बस्ने भएकाले धेरै काम गर्न सकेका छैनन् ।

उनले बेलायतको तालिममा सहभागी भएर अभिनय गर्नुभएको हो । लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टङ्कले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसकेका छन् । “गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायाङ्कन गरेँ । मैले अन्य प्रोजेक्टमा पनि काम गरेका कारण निर्धक्क प्रस्तुति दिएँ”, अभिनेता धमलाले भने, “चलचित्रमा के–कस्तो रूपमा देखिन्छु थाहा छैन । यद्यपि यसलाई मैले सिकाइका रूपमा सदुपयोग गरेँ ।”


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?