Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा


१४ वैशाख ,लुम्बिनी । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहु र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नंको ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?