Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा


१४ वैशाख ,लुम्बिनी । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहु र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नंको ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?