Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न


१४ वैशाख, लण्डन । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौँ बैठक बुधवार लन्डनस्थित विदेश, राष्ट्र मण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ ।

बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

दुवै प्रतिनिधिमण्डलले दुई शताब्दी पुरानो मित्रता र सहयोगका बारेमा विचार आदानप्रदान गर्नुका साथै विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संशोधन विकास, कन्सुलरलगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षमा भएका प्रगतिको समीक्षा गरेका थिए ।

जनस्तरको सम्बन्ध, ब्रिटिस गोर्खाको मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चमा पारस्परिक हितका मुद्दामा मिलेर काम गर्ने विषयमासमेत बैठकमा छलफल भएको थियो ।

बैठकले भूतपूर्व गोर्खाका विषयमा भइरहेको वार्ताको समीक्षा गर्दै गुनासो सम्बोधनका लागि छलफल जारी राख्ने सहमति गरेको छ ।

बेलायती पक्षले बेलायतको विकास सहयोग पोर्टफोलियोको बदलिँदो स्वरूपका बारेमा प्रकाश पार्दै नेपाललाई भविष्यमा हुने सहयोगका प्राथमिकताका क्षेत्र आदानप्रदान गरेको थियो ।

यसमा मध्यम आय भएको मुलुकलाई सङ्क्रमणकालीन अवस्थामा प्रदान गरिने सहयोग, दिगो विकास लक्ष्यतर्फ प्रगति, लगानी र जलवायु वित्त परिचालनमा सहयोग, शिक्षामा पहुँच, विशेष गरी बालिकाको शिक्षा विस्तारमा सहयोग समावेश छ ।

नेपाली पक्षले सबैभन्दा ठुलो विकास साझेदारका रूपमा बेलायतले प्रदान गर्दै आएका बहुमूल्य विकास सहयोगको प्रशंसा गर्दै अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने महत्त्वपूर्ण समयमा त्यस्तो सहयोगको निरन्तरता र अभिवृद्धिको आवश्यकतामा जोड दिइएको थियो ।

व्यापार, लगानी, ऊर्जा र पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ र फराकिलो बनाउन दुवै पक्ष सहमत भएकाे छ । नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउनुले आर्थिक वृद्धि मात्र नभई जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न सहयोग पुग्ने सहमति भएको छ ।

दुवै पक्षले नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता लगानीका निकायको उपयोगका साथै ब्रिटिस लगानी साझेदारीबाट थप स्रोत प्रयोग गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए ।

दुवै पक्षले जलवायु परिवर्तन, गरिबी निवारण र दिगो विकासका एजेन्डालाई अगाडि बढाउनेजस्ता बहुपक्षीय मञ्चमा साझा हितका विभिन्न विषयमा सहकार्य गर्ने विषयमा नवीकरण गरेका छन् ।

संयुक्त अधिराज्यले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा हालको दोस्रो ठुलो सेना उपलब्ध गराउने राष्ट्रको रूपमा नेपालको योगदानको प्रशंसा गरेको छ ।

छुट्टाछुट्टै भेटमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र बेलायतको राष्ट्र मण्डल विकास कार्यालयका स्थायी उपसचिव सर फिलिप बार्टनबीच मैत्री सन्धिको शतवार्षिकी मनाउने, उच्चस्तरीय भ्रमण आदानप्रदान, द्विपक्षीय सहयोगलगायत विविध विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?