Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्लीबहादुर चौधरीको दाबी, ८ दलको समर्थन


१४ वैशाख, लुम्बिनी । नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीवहादुर चौधरीले नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका हुन् । गठबन्धनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थनमा दाबी पेश गरे ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन हुन लागेको हो ।

लुम्विनी प्रदेशका प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि मंगलवार दलहरुलाई आह्वान गरेका थिए । प्रदेश प्रमुखको कार्यालय बुटवलले सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते बिहीबार अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?