Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

रु तीन करोडको लगानीमा कालिज फार्म


जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको हो । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताउनुभयो ।

केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उहाँको सोच रहेको छ । कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उहाँले भन्नुभयो, “उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।” कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज रु दुई हजार पाँच सय र पोथी रु एक हजार आठ सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । अण्डाको प्रतिक्रेट रु नौ सयमा बिक्री हुन्छ । उहाँले भन्नुभयो, “फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।” अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हँुदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताउनुभयो ।

सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?